असनेपालन्युज , मेलवर्न । मेलवर्नमा एक विशेष योग ध्यान तथा अध्यात्मिक शान्ति प्रवर्द्दन कार्यक्रम हुने भएको छ । नेपाली महावाणिज्यदुत भिक्टोरियामा सो कार्यक्रम सन्चालन हुने जनाइएको । सेप्टेम्बर १४ , सोमवार , सांझ ५ देखि सात बजे सम्म सो कार्यक्रमको आयोजना हुने जनाईएको छ । कुण्डलिनी योग , ध्यान ,हांस्य मनोचिकित्सा , तनाव ब्यवस्थापन लगायतका कार्यक्रम सन्चालन हुने सो कार्यक्रममा नेपाली समुदायको उपस्थिती हुने भिक्टोरियाका महावाणिज्यदुत चन्द्र योन्जन बताउनुहुन्छ । कार्यक्रम 7/28-32,एलिजावेथ स्ट्रीट मेलवर्नमा सो कार्यक्रमको आयोजना गरिने भएको छ ।’आर्ट अफ ह्यापिनेस नाम दीएको ‘ सो कार्यक्रम मा प्रवेश निशुल्क रहेको र मानसिक तथा अध्यात्मिक लाभ लिन सबै समुदायलाई उपस्थित हुन आयोजकले आव्हान आयोजकले गरेका छन्। सिड्निमा लामो समय देखि योग तथा अध्यात्मिक अभियान सन्चालन गर्दै आउनु भएका आचार्य राजन शर्माले सो अवसरमा योग तथा विभिन्न हांस्य चिकित्सा सन्चालन गर्नु हुने जनाइएको छ ।








