काठमाडौँ, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा महाराजाबाट अव राष्ट्रिय एकता सम्भव नभएको जिकिर गरेका छन । संविधानको विधेयक २०७२ माथि बोल्दै उनले यो संविधानसभाबाट पनि संविधान बन्न नदिने खेल भएरहेको दावी गरे । ‘पहिलो संविधान सभा असफल भयो । दोस्रो संविधान सभा पनि असफल हुने हुन कि भन्ने कालो बादल बडारिन थाल्यो,’ उनले भने, ‘धेरै चलखेल र षडयन्त्र हामीले देख्यौँ । नेपालका राजनीतिक दलहरु आफ्नो प्रतिवद्धता र प्रतिज्ञाहरु र बलिदानको औचित्य स्थापित गर्न सक्षम छैनन कि भन्ने सन्देश जान थाल्यो । आत्म निर्णयको आधारमा फैसला गर्ने देश हो कि होइन, त्यस्ता नेताहरु, पार्टीहरु छन कि छैनन भन्नेकुरा तपाई हाम्रो सामू छन ।’
शहीद र बेपत्ता भएकाहरुलाई स्मरण गर्दै उनले २००७ साल र त्यसको वरिवरी संविधान सभाको विषय सुरु भएको भएपनि यो ओझेलमा परेको बताए । ‘यसलाई अगाडि ल्याउन सवै राजनीतिक दल र नेपाली जनताको एजेण्डा बनाउने अवसर हाम्रो दललाई प्राप्त भयो उनले भने ‘देशभित्र र बाहिर नेपाली जनता सार्वभौम भएको प्रतिनिधिहरु संविधान घोषणा गर्ने पक्षमा छैनन । परिवर्तन चाहनेहरु निराश हुने र देश नै दुर्घटनामा जाने हो कि भन्ने खतरा भएको अवस्थामा १६ बुँदे हुँदै चलकता र ठूलो त्याग पनि गरेका छौँ ।’
‘कार्लमाक्र्सलाई सम्झदै प्रचण्डले जस्तो पहिचान र अधिकार सहितको परिकल्पना गरिएको थियो । अहिले झिंगो आएको छ । त्यो हाम्रो कल्पना छैन । हामी सफल हुने कि नहुने, हामी निर्णय गर्न सक्छौँ कि सक्दैनौ भन्ने कुरा आयो । हामी २१ औँ शताब्दीमा छौँ । यो १७ र १८ औँ शताब्दी होइन । जनताको आकांक्षा र अपेक्षा, र आवश्यकता विल्कुल नयाँ छन । विज्ञान, प्रवृधि, संस्कृतिको आधार सवै नयाँ छ । राष्ट्रिय एकताको आधार पनि नयाँ हिसावले नै हुन्छ । जाती, भाषा र सस्कृतिको विविधिता छ । अवको राष्ट्रिय एकता ती सवैले समान अवसर प्राप्त गर्छन भन्नेमा मात्र अवको राष्ट्रिय एकता अवश्यकता छ । हिजोको जस्तो राजा महाराजाबाट अव राष्ट्रिय एकता सम्भव छैन’ उनले भने ।
त्यस्तै उनले एउटा युगबाट अर्को युगमा प्रदेश गर्दा पीडा भोग्नु स्वभाविक भएको बताउँदै पुरानो र नयाँ, दाया र वायाबाट अन्तिम प्रयास गर्नु स्वभाविक भएको टिप्पणी गरे । ‘विपत्तिभन्दा बाहिर गएर विवाद भएको कुनैपनि देश छैन । पुरातन शक्ति र लोकतान्त्रिक शक्तिबीच अन्तरविरोध चलेको छ । यो विलकुल स्वभाविक छ । अन्तर्राष्ट्रिय शक्तिको चासो पनि सवभन्दा तिखो रुपमा देखिएका छन । पुरातनवादीहरुले अन्तिम शक्ति लगाउनु पनि स्वभाविकै छ । जनतामा पनि ठूलो चिन्ता छ । यो प्रक्रियामा आफ्नो पहिचान र अधिकार गुम्यो भने सदैको लागि गुम्ने हुन कि भनेर जनता आन्दोलित छन’ उनले भने ।
‘थारु समुदाय, जनजाति वा मधेसमा भएको आन्दोलनमा जनताको कुराबाट हेर्दा पहिचान र अधिकार गुम्ने हो कि भन्ने छ । त्यहाँभित्र नेपाल, नेपाली जनतालाई सफल हुन नदिने, नेपाललाई दुर्घटनामा लाने शक्तिहरु पनि छन । नेपाली जनता असफल हुन, नेपालका पार्टी र नेता असफल हुन,। नेपालको संविधान सभा असफल हो भन्ने देखाउन चाहनेहरुप्रति सचेत हुन आवश्यक छ’ उनको जोड थियो ।
मधेसी नेताको भनाई आत्मधाती र राष्ट्रघाती
अध्यक्ष दाहालले मधेसी नेताको भनाई आत्मधाती र राष्ट्रघाती भएको बताएका छन् । ‘मधेस केन्द्रीय दलका वरिष्ठ नेताहरुले अव मधेसलाई स्वतन्त्रता होइन, स्वतन्त्र देशको लागि हुन्छ भन्न थालेका छन्,’ नेपालको संविधानको परिमार्जित विधेयक माथिको अन्तिम छलफलमा भाग लिँदै उनले भने ‘यो भनाई आत्मधाती र राष्ट्रघाती दुवै छ ।
उनले मधेसमा आन्दोलन चलेको ठूल्ठूला तोडफोड भएको र राज्यले दमन ग¥यो भन्ने कुरा पनि आएको र आन्दोलनकारीको तर्फबाट प्रहरीलाई जीउदै जलाउने कुरा भएको बताए । उनले काठमाडौँ निर्माणमा मधेसी जनताको खुन राजधानीमा जोडिएको भन्दै त्यसकारण काठमाडौँबाट मधेस अलगाउने कुरा राष्ट्रवादी सोच हुनै नसक्ने बताए । त्यस्तै उनले मधेसी, जनजाती लगायत सवैले सहयोगले मुलुक सार्वभौम सत्ता रहन सकेको स्मरण गरे । ‘सवैको साझा फूलवारी भएको कारण हामी सकैको गुलामी गर्नु परेन । थारुहरुको माग जायज छ । यो परिवर्तनका निम्ति थारुहरुको योगदान निकै छ । संक्रमणको सवभन्दा ठूलो प्रसव पीडा माओवादीले नै भोगिरहेको छ । जनतासँग पनि मिल्नुपर्ने, कांग्रेस एमालेसँग पनि मिल्नुपर्ने । कांग्रेस र एमाले मिल्दा संविधान बन्ने मत पुग्छ, तर त्यो अवस्थाले मात्र संविधान बन्न नसक्ने अवस्था आउँछ’ उनले भने ।
‘कार्यकारी राष्ट्रपति संघीयतामा एकता, समृद्धिको प्रतिक हो । तर मिलेर अगाडि बढ्नुपर्ने भएका कारण हामीले सम्झौता ग¥यौँ । तर हामी फरक मत सुरक्षित राख्न चाहन्छौँ’ उनले अन्तिममा भने ।








