भदौ २७ ।काठमाडौं, संविधानसभा बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले बोल्ने भएका छन् । केहीबेरमा बस्ने तयारी रहेको बैठकमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्न लागेका हुन्।
संविधानसमा बैठकको तयारीका लागि शीर्ष नेताहरुको बैठक संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङको कार्यकक्षमा बसिरहेको छ ।
संविधानसभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सम्बोधन गर्ने एक नेताले जानकारी दिए ।
आन्दोलनरत मधेसी तथा थरुहट नेतासँग वार्ताका लागि दुई दिनको समय राखिएको भए पनि मधेसवादी दलका नेताहरुसँग वार्ता सुरु नै हुन सकेन भने थरुहट नेतासँग आइतबार बिहान प्रधानमन्त्रीले गरेको अनौपचारिक वार्ता निश्कर्षहिन भएको थियो । वार्ता हुन नसकेपछि संविधान निर्माण प्रक्रिया सुरु गर्ने पक्षमा प्रमुख दलहरु अग्रसर भएका हुन् ।








