निषेधाज्ञा केही समय हटाइयो

Saptari-Protestभदौ २७ । धनगढी, कैलाली जिल्लाको पूर्वी क्षेत्रका गाविसमा २१ दिनदेखि निरन्तर लगाइएको २४ घन्टे निषेधाज्ञा आज १२ घन्टाका लागि हटाइएको छ ।

आइतबार बिहान ५ देखि साँझ ५ बजेसम्म निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पूर्वी क्षेत्रका भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका थापापुर, जोशीपुर, मुनुवा, दुर्गौली र पथरैया गाविसमा निषेधाज्ञा यथावत् रहने जनाइएको छ ।

पूर्वी क्षेत्रकै टीकापुर नगरपालिकासहित धनसिंपुर र नारायणपुर गाविसमा भने आज बिहान ५ देखि मध्याह्न १२ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको छ ।

यता जिल्ला सदरमुकाम धनगढीमा पनि २० दिनदेखि लाग्दै आएको निषेधाज्ञा आज यथावत् राखिएको छ । यहाँ आज मध्याह्न १२ देखि ३ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । टीकापुरमा यही भदौ ७ गते थरुहट पक्षले गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा आठ प्रहरी र एक बालकको हत्या भएपछि स्थानीय प्रशासनले घटनास्थल र आसपासका क्षेत्रका साथै धनगढीमा समेत निरन्तर निषेधाज्ञा जारी गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु