एनआरएन युथ कोअर्डिनेटरमा प्रसाइँको उम्मेदवारी

असनेपालन्युज ,सिड्नी । निरन्जन प्रसाइँले आगामी एनआरएन विश्व सम्मेलनमा युथ कोअर्डिनेटरमा अष्ट्रेलियाबाट अर्को उम्मेदवारी घोषणा गर्नु भएको छ ।
” जे घोषणा गरिन्छ त्यो काम पुरा गर्नका लागि मैले आफ्नो उम्वेद्वारी घोषणा गरेको हुँं ‘ प्रसाइं ले असनेपालन्युज लाई बताए।
अष्ट्रेलियावासी निरञ्जन प्रसाईले एक औपचारिक कार्यक्रम आयोजना गरि युथ कोअर्डिनेटरमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । शुक्रबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले युवाको निम्ति दूरदर्शी भिजन लिएर आपूm आएको दाबी पनि गर्नुभएको छ । पत्रकार सम्मेलनमा प्रसाईंले आफूले खाडी मुलुकमा रहेका युवाहरुलाई समेट्ने र उनीहरुको निम्ति सीप अभिबृद्धिको कार्यक्रमसहितको खाका बनाएको जानकारी दिनुभयो । अष्ट्रेलिया, अमेरिका लगायतका देशमा रहेको नेपालीहरुको सीपलाई खाडी मुलुकमा काम गर्नका निम्ति पुगेका युवाहरुको निम्ति पुर्याइने बताउँनुभयो ।

एनआरएन अहिलेसम्म धनी र सम्पन्न युवाहरुको पहुँचमा मात्र रहेको बताउँदै उहाँले अब कतार, मलेसिया लगायतका खाडी मुलुकमा रहेका युवाहरुसम्म पनि एनआरएनको पहुँच पुर्याउँनु आफ्नो एजेण्डा रहने बताउँनुभयो । एनआरएन अष्ट्रेलियाबाट नै युथ कोअर्डिनेटरमा यो दोश्रो उम्मेद्वारी हो । यसबारेमा प्रष्ट पार्दै प्रसाइँले यो लोकतान्त्रिक प्रक्रिया भएको जिकिर गर्नुभयो । आफ्नो उम्मेद्वारीको विषयमा विश्वभरि रहेका नेपालीहरुसँग आपूmले कुरा गरिसकेको र सबैले हौसला दिएको उहाँको दाबी छ ।

घोषणा कार्यक्रममा एनआरएन प्रवक्ता मन केसी, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, कोषाध्यक्ष डिला खरेल लगायतका केही पदाधिकारी र झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालसहित सिड्नीका व्यवसायीहरु पनि सहभागी थिए । यसअघि वर्तमान डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरीले उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ ।आफ्नो उम्वेद्वारी केवल रहर र लहड मात्र नभै नयां भिजान र योजनाका लागि हो भन्ने उहांको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु