वा गजल ..! गजल मुशायरा २०१५ का सबै भिडियोहरू !

असनेपालन्युज ,सिड्नी ।
सात वर्ष अघिसम्म साहित्यिक माहोल सिर्जना गर्न जती कठिन परेको थियो, अहिले त्यो कठिनाई टरेर गएको छ । सिर्जनाको मलिलो परीवेश बन्न पुगेको छ सिड्नी यतिबेला।एक पछि अर्को गर्दै कविता ,गजल , मुक्तक ,आख्यान ,कथा लगाययतका रचनाहरूले सुवाषमाय बन्दै छ अस्ट्रेलियाको साहित्यिक वाटिका । यसको धन्यवादको श्रेय सिड्निका साहित्यिक मन्चहरू अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) अस्ट्रेलिया, नेपाली कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया, साताको साहित्य तथा अन्य संचार माध्यम र साहित्य प्रति उर्जाशिल ब्यक्तिहरूमा जान्छ। भर्खरै सम्पन्न गजल मुशायरा यसैको एउटा उदाहरणहो । यसमाथी पनि ‘रचना वाचन समुहले ‘ सबै सर्जकहरू विच समभाव राखि र सिर्जनामा कुंदिएको भावहरू आफ्नै महत्वका हुन्छन्न तिनलाई तराजुमा जोख्नु हुन्न , “कसले लेख्यो भन्दा पनि के लेखियो तथा कुनै पनि विधा ठुलो र सानो हुंदैन ” भन्ने सिद्दान्त अवलम्वन गर्दै भिडियोहरू नै प्रचारमा ल्याएको छ । यसलाई साधुवाद नदीइरहन सकिंदैन । जसले गर्दा साहित्यमा पटक्कै चासो नहुनेहरू पनि आज भोलि यस प्रति नजिकिन लागेका छन्। यो माहोल अझ बढ्दै जावोस् । भाषा साहित्यको गोडमेलमा सिड्निको पाइलाहरूलाई अझ लम्काउन सम्वन्धित सबै साहित्यिक मनहरूमा निरन्तर सहयोगको अपेक्ष्या गरिन्छ । रचना वाचनले गजल मुश्यारामा प्रस्तुत रचनालाई छुट्ट्रै च्यानल मार्फत यसरी प्रचारमा लाएको छ । ” काम कठिन छ तर हामीले रचनाहरूको सम्मानमा यो पहल गरेका हौं गोपि दावाडी’ असनेपालन्युजलाई बताउनु हुन्छ । मुशायरा सम्पन्न गर्ने श्रेय सबै स्रस्टा ,आयोजक संस्था ,ब्यवस्व्थापन समितिका सद्स्य सुरेन्द्र दवाडि, गोपि दवाडी ,निस्प्रभ सजी ,महेन्द्र पौडेल , जितेन्द्र मल्ल ,भीमसेन सापकोटा , प्रायोजकहरू तथा समुदायका सबै सहयोगि मनहरूलाई जान्छ ।
रचना वाचन समुहले समावेश गरेको गजल मुशयारा २०१५ का केहि भिडियोहरू यस प्रकार छन्न:

https://www.youtube.com/user/srigobinda1

Highlight !

 

रचना वाचन समुहले समावेश गरेको गजल मुशयारा २०१५ का केहि भिडियोहरू यस प्रकार छन्न:

 

 

 

सम्बन्धित शिर्षकहरु