सिड्नी, अष्ट्रेलियाको सिड्नीमा फोक्सोको क्यान्सर पीडित संगिता घिमिरले सहयोगको याचना गरेकी छिन् । उनले स्वदेश तथा प्रवासमा रहनुहुने सम्पूर्ण मनकारीहरूमा सहयोगको याचना गरेकी छिन् । फोक्सोको क्यान्सरले ग्रस्त भै सेन्ट जर्ज हस्पिटल कोग्रामा उपचार गर्दै गरेकी उनी यतिवेला जीवन र मरणको दोसाँधमा छिन् ।
परिवारका सदस्यको स्थायी बसोबार अनुमती पत्र (पीआर) आउन केही समय बाँकी भएको र सबै उपचार खर्च हेल्थ कभरले नबेहोर्ने साथै बिगत ३ महिना देखी परिवारमा कसैको पनि आम्दानी नभएको हुँदा साना बालबालिकाहरूको शिक्षा र खान बस्नपनि समस्या भएकोले उनको जीवनरक्षाका अपिल गरेको उनको परिवारजनले असनेपालन्यूजलाई जानकारी दियो ।
सहयोगको लागि
BSB: 065 903
Ac: 10861300
Account Name: Sabitri Pratisthan
Bank: Commonwealth Bank








