एनआरएनए अष्ट्रेलियाले ल्यायो विद्यार्थीलाई यस्तो कार्यक्रम

अष्ट्रेलिया, विगतका वर्षमा नेपाली विद्यार्थीहरूको पक्षमा काम नगरेको आरोव खेपेको एनआरएनए अष्ट्रेलियाले यसपटक विद्यार्थी लक्षित केही काम गर्ने योजना बनाएको छ । एनआरएन अष्ट्रेलिया एनएसडब्लु च्याप्टरले नेपाली विद्यार्थीहरूलाई लक्षित गरी जानकारिमुलक कार्यक्रम साथै पासपोर्ट वितरण कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम यही फेब्रुअरी २७ तारिखका दिन सिड्नी हर्स्टभिल अबस्थित सिभिक थिएटरमा दिउँसो १२ बजेदेखी ४ बजे सम्म चल्नेछ ।

पासपोर्ट बितरण कार्यक्रम नेपाली दुताबासको सहकार्य र विद्यार्थीको कार्यक्रम अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट अलायन्स्(एका) को सहकार्यमा गर्न लागिएको एनआरएन न्यु साउथ वेल्स संयोजक दिनेश पोखरेलले बताए । अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझेर उनिहरुको हितमा काम गर्नको लागी साथै पासपोर्ट लिन क्यान्बेरा जानुपर्ने झन्झट नहोस भनेर यो कार्यक्रमको आयोजना गरिएको पनि उनको भनाई थियो ।

कार्यक्रमका लागि सम्पर्कः
थप जानकारी तथा सोधपुछको लागी दिपक लामिछाने ०४१०७८६७०० वा अर्जुन केसी ०४२३३०४८८३ वा देबेन्द्र गैरेलाई ०४१३८४०८८३ मा गर्न सकिन्छ । साथै पासपोर्टको लागी २३ फेब्रुअरी अगाबै लक्ष्मण सापकोटा ०४१३६४५२९३ वा भुपाल सिटौला ०४३३२२२२६९ वा प्रकाश खरेल लाई ०४२०७९५८८८ मा गर्न आयोजकले सिड्निबासी नेपालीलाई अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षकहरु