फोरम लोकतान्त्रिकद्वारा संविधानसभाको बहिष्कार

bijaya-gachhedar-300x300 भदौ २२। काठमाडौँ, प्रदेशको सिमाकंनप्रति असन्तुष्टी जनाउदै ४ दलीय गठवन्धनबाट बाहिरिएको फोरम लोकतान्त्रिकले संविधानसभाको प्रक्रिया बहिस्कार गर्ने निष्कर्षमा पुगेको छ । आदिवासी जनजाति, मधेसी तथा सिमान्तकृत बर्गको मुद्दालाई पन्छाएर प्रमुख ३ दलले संविधान जारी गर्न खोजेको भन्दै फोरम लोकतान्त्रिकले प्रक्रिया बहिस्कार गने जानकारी संविधानसभाका अध्यक्षलाई गराएको छ ।

अधिकतम सहमतिको पहल गर्दा पनि ठूला दलले आफ्नो माग बुझ्न नसकेको सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले बताए । अब आफुहरु शान्तिपूर्ण दवावमूलक आन्दोलनमा जाने पनि उनले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु