धुन्चे, जनैपूर्णिमाको अवसरमा रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड तीर्थस्थलमा लाग्ने मेला सम्पन्न भएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमका अनुसार यस वर्षको मेला भर्न एक हजार भक्तजन आएको अनुमान गरिएको छ ।
पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमान गरिए पनि भूकम्पका परकम्प दिनानुदिन आइरहँदा भक्तजनमाझ त्रास सिर्जना भइरहनु र अर्कोतर्फ १२ वर्षे गोदावरी मेला यसैवर्ष परेका कारण गोसाइँकुुण्डका यात्रु घटेको अनुमान गरिएको छ ।
गोसाइँकुण्ड जाने भक्तजनलाई नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी, हिमालयन उद्धार सङ्घ, जिल्ला स्वास्थ्य कार्यालय स्थानीय होटल व्यवसायी समेतका निकायले सहयोग पुु¥याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।








