नेपाल बायु सेवा निगमले ४ ठुला जहाज किन्ने

साउन ३, काठमाडौँ- नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडनमा आफुलाई प्रतिस्पर्धी बनाउनका लागि थप चारवटा ठुला जहाज किन्‍ने निर्णय गरेको छ।

निगम सञ्‍चालक समितिको बैठकले अन्तर्राष्ट्रिय उडान भर्नक लागि ठूलो (वाइड बडी) र सानो (न्यारो बडी) का दुईदुईवटा जहाज खरिद गर्ने निर्णय गरेको निगमका प्रबन्धनिर्देशक मदन खरेलले जानकारी दिनुभयो। उहाका अनुसार जहाज खरिदका लागि नेपाल सरकारसँग वित्तीय व्यवस्थापनको लागि समेत आवश्यक व्यवस्था मिलाउन पत्राचार गरिएको छ।

गत आइतबार अर्थमन्त्री रामशरण महतले जारी गरेको आव २०७१/७२ को बजेटमा निगमका लागि आगामी पाँच वर्षभित्रमा अन्तर्राष्ट्रिय उडानका जहाज संख्या सात पु:याउने उल्लेख छ। दुईवटा आगामी वैशाखमा आउने भएकोले सरकारले बजेटमा सम्बोधन गरेको जहाज थपको घोषणालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न अहिले चारवटा जहाज किन्‍ने निर्णय भएको निगम सञ्चालक समितिका सदस्य रञ्‍जनकृष्ण अर्यालले बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु