अस्ट्रियामा २० आप्रवासीको शव भेटियो

150827131118_austria_migrants_lorry_624x351__nocreditभर्जनल्यान्ट, अस्ट्रियाको पूर्वी प्रान्त भर्जनल्यान्टमा एउटा लरीमा २० जना आप्रवासीको शव भेटिएको छ । प्राप्त रिपोर्टहरु अनुसार मृत्यु भएकाहरुको संख्या ५० सम्म हुन सक्नेछ ।

हंगेरीको सीमासंगै जोडिएको मूख्य सडकमा शवहरु रहेको फ्रिजर लरी प्रहरीले फेला पारेको हो । जुन सडक छेउमा रोकेर राखिएको थियो ।

फ्रिजर लरीमा शव भेटिएको घटनालाई त्यहाँको प्रहरीले क्रुर अपराध भनेको छ ।

मध्यपूर्वका द्वन्द्वग्रस्त देशहरुबाट दशौं हजार मानिस युरोप पुग्ने कोसिस गरिरहेका छन् ।

यति धेरै शवहरु भेटिंदैगर्दा आज नै अस्ट्रियाको राजधानी भियनामा आप्रवासी संकटबारे छलफल गर्न युरोपियन राष्ट्रहरुको सम्मेलन हुँदैछ ।

सम्बन्धित शिर्षकहरु