बन्दमा कहाँ के भयो (देशभरीको अपडेट)

banda12भदौ ७ । काठमाडौँ, आदीवासी जनजाती महासंघले आव्हान गरेको दुईदिने नेपाल बन्दको दोस्रो दिन भदौ ७ गते सवारी साधनमा ढुंगामुढा प्रहार गर्ने तथा शंकास्पद रुपमा पेट्राल बोकी हिडीरहेका ३ जना सहित उपत्यकाका विभिन्न स्थानबाट ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । नियन्त्रणमा लिएका मध्ये १ जनालाई छानविन पश्चात रिहा गरीएको छ ।

प्रहरीले आइतबार राति पुर्व क्षेत्रमा पश्चिमबाट पुर्व आएका २५ वटा र जोगवनीबाट ९८ वटा मालबाहक ट्रकलाई टंकीसिनुवारीतर्फ साथै टंकीसिनुवारीबाट बिराटनगर भंसारतर्फ ११२ वटा मालबहाक सवारी साधनलाई स्कर्ट गरी पठाएको छ ।

त्यस्तै बिरगंजबाट ईन्धन बोकेका १३८ वटा सवारी साधन र पुर्वबाट आएका ५६ वटा तथा पश्चिमबाट आएका ५९ वटा सवारी साधनलाई स्कर्ट गरी गन्तव्यतर्फ पठाएको छ ।

यसैगरी नवलपरासी प्रहरीले पश्चिमबाट पुर्वतर्फ ३५३ र पुर्वबाट पश्चिमतर्फ ३५७ वटा सवारी साधनलाई स्कर्ट गरी गन्तव्यतर्फ पठाएको छ भने मध्यपश्चिम क्षेत्रमा पुर्वतर्फ ६२ र पश्चिमतर्फ १२९ सवारी साधनलाई स्कर्ट गरी पठाइएको छ ।

त्यसैगरी सुदुरपश्चिम क्षेत्र अन्तर्गत पुर्वतर्फ बस २२, ट्रक ३५, जीप २ वटा र पश्चिमबाट आएका बस २५, ट्रक २८, जीप ५ वटालाई स्कर्ट गरी गन्तव्यतर्फ पठाएको छ ।

यसैबीच सुनसरी भोक्राह–५ स्थित महेन्द्र राजमार्गमा लुकीछिपी बसेका बन्दकर्ताले सोमबार काठमाडौँ बिराटनगर चल्ने ना.५ ख ८००४ नम्वरको बसमा ढुंगा प्रहार गर्दा अगाडीको सिसा चर्केर क्षति भएको छ ।

यसैगरी पर्सा बिरगंज उपमहानगरपालिका–२४ परवानीपुर बजारमा लुकीछिपी बसेका बन्दकर्ताले बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना.४ ख ३२७३, ना ४ ख ७३२६ र विआर २२ पिसि ८६११ नम्वरको तेल ट्याङकरलाई ढुंगा प्रहार गर्दा अगाडीको सिसा चर्किएर क्षति भएको छ ।

ढुंगा प्रहार गरी फरार रहेका समुहको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु