पुस १६, काठमाडौं- अल्प बिकशित मुलुकहरुको सुचिमा अग्रस्थानमा आउने नेपालमा राज्य गरिब भए पनि व्यक्तिहरु भने बिस्तारै धनि र आधुनिक हुदै छन् । यसको प्रमाण हो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एटिएम कार्ड प्रयोगकर्ताको तथ्यांक ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले भन्छ ४० लाख नेपाली अहिले एटिएम कार्डको प्रयोगकर्ता छन् । तथ्यांक भन्छ हाल बैंक तथा वित्तीय संस्थाहरुले देशभर १६ सय ५२ वटा एटीएम काउन्टर सञ्चालन गरेका छन । एक एटीएम मेसिनबाट दैनिक औषतमा २ हजार ४ सय २१ सय जनाले सेवा लिइरहेको राष्ट्र बैंकले जनाएको छ ।
एटिएम कार्ड प्रयोगकर्ताको संख्या कूल जनसंख्याको १५.१० प्रतिशत हो ।
एटीएमको बढ्दो प्रयोगसँगै बैंकिङ सेवा अत्यन्तै सुलभ भएको छ । ग्राहकले आफूले बैंकमा जम्मा गरेको रकम एटीएम काउन्टरबाट जुनसुकै बेला निकाल्न सक्ने छन् ।
हाल करिब ४० प्रतिशत अर्थात सवा करोड सर्वसाधारण बैंकिङ पहुँचमा छन् । बैंकिङ पहुँचभित्र रहेका ३५ प्रतिशतले एटीएम सेवा प्रयोग गर्ने गरेको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार ३० वाणिज्य बैंक, ८४ विकास बैंक, ५३ वित्त कम्पनी र ३७ लघुवित्त विकास कम्पनी गरी २ सय ४ वटा संस्था सञ्चालनमा छन् । यी संस्थाहरुले देशभर ३४ सय ५६ वटा शाखा सञ्चालन गरेका छन् ।
कुल ३० वाणिज्य बैंकका १ हजार ५ सय ४७ वटा, विकास बैंकका ८ सय १८ वटा, वित्त कम्पनीका २ सय ३९ वटा, लघुवित्त विकास बैंकका ८ सय ५२ वटा शाखा छन ।







