एमआरपी पासपोर्टको सहजिकरण अब सिड्नीमा

अष्ट्रेलिया । २०१५ को नोभेम्बर महिनाभित्रमा हस्तलिखित पासपोर्टलाई विस्थापन गर्न लागेपछि अष्ट्रेलियामा रहेका नेपालीहरूमा पनि मेसिन रिडएबल पासपोर्ट बनाउने चटारो छाएको छ । नेपाली समूदायको यो पीरमर्कालाई बुझेर अष्ट्रेलिया एनआरएन र अवैतनिक महावाणिज्य दूतावासहरूले त्यसको सहजिकरण तथा फारम वितरण कार्यलाई तिव्रता दिँदै आएका छन् ।

यसै अनुसार एमआरपी वितरणको लागि सिड्नीमा एक दिवशीय शिवीर आयोजना गर्न लागिएको खवर प्राप्त भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) न्यूसाउथ वेल्सको संयोजन तथा नेपाली दुतावास क्यानबेरा र महाबाणिज्य दुतको कार्यालय न्युसाउथ वेल्सको सहकार्यमा शिवीर संचालन गर्न लागिएको हो । कार्यक्रम आगामी अगष्ट २२ शनिबारका दिन हाम्रो कलेज लेभल ६, ११० बार्थस्ट स्ट्रिट सिड्नीमा हुने आयोजकहरूले असनेपालन्यूजलाई जानकारी दिएका छन् ।

शिवीरमा फारम भराइने छ र आवश्यक सूचना तथा परामर्श समेत दिइने छ ।  फारम भर्ने कार्य मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेलले बताए । उनका अनुसार शिवीरमा १५ वटा भन्दा बढी कम्प्युटर उपलव्ध हुनेछन् । फारम भरेर सोही दिन आवेदन बुझाउन सकिने व्यवस्था मिलाइने छ

शिवीरमा पुरानो पासपोर्ट, पाँच प्रति फोटो, भिसाको प्रमाण, एक सय ९० डलर शुल्क, नेपाली नागरिकताको प्रति जस्ता कागज पत्र लिएर उपस्थित हुन पनि उनले सेवाग्राहीलाई अपिल गरेका छन् ।

फारम भरेर सोझै दुतावासका पदाधिकारीलाई बुझाउन सकिने ब्यवस्था गरिको छ । एनआरएन अस्ट्रेलियाको भर्खरै भएको अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि पहिलो कार्यक्रमको रुपमा यो शिवीर सञ्चालन भएको उनले बताए ।

सम्बन्धित शिर्षकहरु