साउन ३२ । काठमाडौँ, साउन अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरूको घुईंचो लागिरहेको छ । हिन्दूनारीहरूले विशेष गरेर साउनको महिनामा भगवान श्री महादेवको ब्रत उपसना गर्ने गर्दछन् । आज अन्तिम सोमबार व्रत पारायण गर्ने दिन पनि परेकाले भक्तजनहरूको ठूलो घुईंचो लागेको हो ।

आजै बोलबम मेला पनि समाप्त हुँदैछ । बोलबममेलाका लागि नेपालका विभिन्न भागका अलावा भारतबाट समेत दर्शनार्थीहरू आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा आएका छन् । पशुपति क्षेत्रमा उनीहरूको अहिले ठूलो भीड लागि रहेको छ । भीड व्यवस्थापन र दर्शनमा सहजता बनाउन पशुपति क्षेत्र विकास कोषले ठूलो मात्रामा स्वयम्सेवकहरू परिचालन गरेको छ । स्वयम्सेवकहरूको उचित व्यवस्थापनका कारण लाइन छिट्टो भएको दर्शनार्थीहरूले बताएका छन् ।









