सदस्य–सचिव विष्ट सम्मानित

bistaकाठमाडौं, राष्ट्रिय तेक्वान्दो संघ नेपालले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई सोमबार सम्मान गरेको छ ।

सानोभ¥याङस्थित संघकै केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष शिव कोइरालाले सदस्य–सचिव विष्टलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरे ।

सो अवसरमा सदस्य–सचिव विष्टले विवाद र विभाजनमा शक्ति नहुने बताउदै खेलकुदलाई बलियो बनाउन एकता कायम गर्नुपर्नेमा जोड दिए । सदस्य–सचिव विष्टले एउटै प्रकृतिको खेलको दुई वटा संघ उपयुक्त नहुने बताउदै खेलकुद र खेलाडीको हितका लागि आफू सदैव लागी पर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा संघका अध्यक्ष कोइराला, महासचिव राजकुमार कार्की, नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जर्नाजन ढुंगेल, राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघका अध्यक्ष टंक भट्टराईलगायतले बोलेका थिए ।

सम्बन्धित शिर्षकहरु