अफगानिस्तान, अफगानिस्तानको कुन्दुज प्रान्तमा शनिबार राति भएको एक बम विस्फोटनमा परी मृत्यु हुनेको संख्या २९ पुगेको स्थानीय संचार माध्यमले जमाएका छन् ।
आइतबार साँझ पत्रकारलाई दिएको सो जानकारी अनुसार घटनामा १९ नागरिक घाइते भएका उक्त प्रान्तका डेपुटी गभर्नर कुद्रातुल्लाह साफीले बताए ।
प्रायः अशान्त भइरहने अफगानिस्तानको कुन्दुज प्रान्तकोे खानबाद जिल्लामा शनिबार राति भएको बम आक्रमणमा मारिएका सबै सर्वसाधारण भएको उक्त प्रान्तका डेपुटी गभर्नर कुद्रातुल्लाह साफीले जनाए । यद्यपि स्थानीय अधिकारीहरुले मारिएका ती व्यक्तिहरु तालिवान विरुद्धका नागरिकसेना भएका जानकारी दिएका छन् ।
यसअघि, अफगान गृह मन्त्रालयले आत्मघाती यस आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० घाइते भएको जनाएका थिए ।
तर कुन्दुज प्रान्तका गभर्नरका प्रवक्ता वाडोड वाहिदिका अनुसार यस आक्रमणमा चारजना कमाण्डरसहित २२ जना नागरिक,सेना मारिएका छन् । यस आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको बताइएको छ ।
गत शुक्रबार अफगानिस्तानको राजधानी काबुलको भएको एक आक्रमणमा कम्तीमा ५१ व्यक्तिको मृत्यु भएको एक दिनपछाडी पुनः यो आक्रमण भएको बताइएको छ ।
अफगानिस्तानमा तालिवान नेता मुल्लाह ओमारको मृत्यु भएको घोषणा भएपछि तालिवान आतङ्ककारीद्वारा गरेका आक्रमणहरु परी सयौँ व्यक्ति हताहत भएका छन् ।








