सीमांकन टुंग्याउन आयोग

Prime Minister Sushil Koirala with the senior leaders of major political parties during a meeting of a Constitutional Political Dialogue and Consensus Committee (CPDCC) to resolve issues related to the New Constitution Draft held on Sunday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha, RSS

साउन २४ । काठमाडौँ, बिहानै देखी बसेको संवाद समितिको बैठकले सीमांकनमा नमिलेका विषय मिलाउन संघीय आयोग बनाउने निर्णय गरेको छ । समितिका सभापति बाबुराम भट्टराईका अनुसार केही विषयमा थप छलफल गर्नु पर्ने भन्दै शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक बसेर मिलाउन संवाद समितिको बैठक सकिएको बताएका छन्।

६ प्रदेशको सीमांकनबारे दलहरूले शनिबार मध्यराति गरेको सहमतिलाई अन्तिम टुंगो लगाउन विज्ञहरू सम्मिलित आयोग बनाइने भएको छ।

शीर्ष नेता सम्मिलित विशेष समितिले आयोग बनाउने प्रस्ताव संवाद समितिमा गरेपछि आयोग बन्ने भएको हो।

आजको संवाद समितिको बैठकमा सीमांकनमा नमिलेका विषय मिलाउन संघीय आयोग बनाइने भट्टराईले जानकारी दिए। आयोगले विवादास्पद ठाउँहरुमा विज्ञ पठाएर उनीहरुको सुझावको आधारमा अहिले गरिएको सीमांकनमा पुनरावलोकन पनि गर्न सक्नेछ।

केही विषयमा अझै केही छलफल गर्नुपर्ने भयो,’ भट्टराईले भने,‘अब शीर्ष नेता सम्मिलित विशेष समिति बसेर छलफल गर्छौ र प्रतिवेदन पारित गर्दै संविधानसभामा पेश हुन्छ।’

सम्बन्धित शिर्षकहरु