व्याट फर नेपालः नेपाल ३७ रनले पराजित

bat for nepal1साउन  २४ ।  काठमाडौँ, नेपालका भूकम्प पीडितको सहयोगार्थ मलेसियाको क्लालम्पुरमा भएको च्यारिटी म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजय व्यहोरेको छ । किनरारा ओभल मैदानमा टस जितेर पहिलो व्याटिङ रोजेको विश्व ११ ले १९.४ ओभर खेल्दै नेपाललाई १ सय २५ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बल खेल्दै अल आउट भएर ९८ रन मात्रै बनाउन सक्यो । नेपालको लागि अनिल मण्डल र राजु रिजालले समान १७ रन बनाए । ओपनर नरेश बुढाएर र सिद्दान्त लोहनीले समान १३, शरद भेषावकर र मेहबुब आलमले ११ रन बनाए ।

विश्व ११ का लागि मार्कुस स्टाइनिसले ४८ रन बनाएका थिए । उनी २३ बल खेलेर ८ चौका र एक छक्काको मद्दतले अर्धशतक नजिक पुगेका हुन् ।

नेपालको लागि सिद्धान्त लोहनी, अनिल कर्ण, राजेश पुलामी र शरद भेषावकरले समान २–२ विकेट लिए ।

विश्व ११ को लागि नभरत्नमले ३, अब्दुल रज्जाक, जयसुरियाले २–२ विकेट लिए ।

विश्व ११ को नेतृत्व श्रीलंकाका पूर्व स्टार सनथ जयसुरियाले गरेका थिए ।

मलेसिया क्रिकेट संघको आयोजनामा खेल खेलिएको हो । खेलबाट उठेको रकम नेपालको भूकम्प पीडितको सहयोगमा खर्च गरिने छ ।

सम्बन्धित शिर्षकहरु