आशिष श्रेष्ठको ‘के छ खै यो मायामा ?’

गीत संगितको बजारमा आगमन हुने क्रम जारी छ । यसैक्रममा आशिष श्रेष्ठले के छ खै यो मायामा ?’ भन्ने बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । दिनेश अधिकारीको शब्द रचना अनिश श्रेष्ठको संगित तथा सुन्दर लामाको ऐरेन्जमा तयार भएको गीतले राम्रै चर्चा बटुलिइरहेको छ । उक्त गीतलाई साइन प्रोडक्सनले बजारमा ल्याएको हो ।

म्यूजिक भिडियोमा निराजन रोशनीको कलात्मक अभिनय देख्न पाइन्छ । म्यूजिक भिडियोको छायाङ्कन अमृत सुनुवार र विज्ञान कँडेलले गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन्। त्यस्तै निकेश खड्काले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका छन् ।
हेरौँ उक्त गीतको म्यूजिक भिडियोः

सम्बन्धित शिर्षकहरु