एजेन्सी, भारतको सरकारले करिब ८ सय ५७ वटा पोर्नसाइट बन्द गरेपछि अहिले यस बिषयमा विभिन्न खालका चर्चा र परिचर्चा चलेको छ । विभिन्न क्षेत्रका मानिसहरुले यो बिषयमा समर्थन र विरोधका स्वरहरु अगाडि ल्याएका छन् । बलिउडका चर्चित अनुहारले पनि सरकारको यो कदमको समर्थन र विरोध गरेका छन् ।

आफ्नो कुरा राख्नका लागि नहिचकिचाउने बलिउड नायिका सोनम कपुरले ट्विटरमा लेखेकी छिन– ‘बन्द गर्ने मुर्खहरु, जसले सोच्दै होलान् कि भारतीयको दिमाग अब फरक हुन्छ ।’ सोनमको यो स्टाटसमा ब्यङ्ग्य गर्दै कलाकार कमल आर खानले सोनम दैनिक पोर्न साइट हेर्थिन् भन्ने पुष्टी भएको लेखेका छन् ।
चर्चित पुस्तक तथा चलचित्र लेखक चेतन भगतले पनि सरकारको यो कदमको विरोध गरेका छन् । निर्देशक रामगोपाल बर्माले पनि पोर्न साइट बन्द गर्ने निर्णयको चर्को विरोध गरेका छन् । उनले दुर्घटना हुन्छ भनेर गाडी चलाउन नै नदिने भन्ने आशयको भनाई राखेका छन् ।
कलाकार उदय चोपडाले पनि सरकारको यो निर्णयको विरोध गर्दै अब फेरि भारतमा के ब्याण्ड हुन्छ भनेर सोधेका छन् ।
Ban idiots who think banning things is going to make a difference to Indian mentality.. #sooverthisgovt #NextBanIdea #sick #ashamed
— Sonam Kapoor (@sonamakapoor) August 3, 2015
Porn ban is anti-freedom, impractical, not enforceable. Politically not very smart too. avoidable. Let’s not manage people’s private lives.
— Chetan Bhagat (@chetan_bhagat) August 3, 2015
History proved it multiple times that if anytime anything is banned it will just gather strength in the underground
— Ram Gopal Varma (@RGVzoomin) August 1, 2015








