नालापानीमा मोडल सगुन शाही भीड्ने !

साउन १९ । काठमाडौँ, नेपाली रजतपटमा कति नायिकाको आउँछन् कति जान्छन् अव यकिन् हुन छाडिसकेको छ । नेपाली चलचित्रले व्यवसायिक गती लिन नसकेको वर्तमान अवस्थमा नाम र दाम कमाउनकै लागि भनेर सिने नगरीमा पस्नेहरूको पनि कमी छैन । तर, उनीहरू चलचित्रमा न आएको थाहा हुन्छ न त्यहाँबाट बाहिरिएको नै । यस्तैमा मोडल सगुन शाही ठकुरी पनि ‘नालापानी’मा अभिनय गर्न लागेकी छिन् ।  त्यसो त यो उनको डेव्यू फिल्म भने होइन । उनी चलचित्र ‘ढुवानी’बाट नेपाली चलचित्र दुनियाँमा प्रवेश गरेकी हुन् । आकर्षक जीऊ डाल कि उनलाई त्यसपछि भने खासै चलचित्रमा अफर आएन ।

अहिले भने शिवम अधिकारीको निर्देशनमा रिमेश अधिकारीले निर्माण गर्न लागेको फिल्म नालापानीमा सगुनले अभिनय गर्ने पक्का भएको छ ।

त्यसबीचमा पनि सगुनलाई फिल्मको अफर भने नआएको हैन तर सानो बजेट तथा कथाबस्तु आफुलाईमन नपरेको कारणले फिल्ममा काम नगरेको उनि भन्छिन् ।

करिब दुई सयवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सगुन फिल्ममा फर्किएकी हुन् । चलचित्र नालापानिमा मा सगुन को महत्वपूर्ण भुमिका रहेको छ । वीर गोर्खालीको कथामा निर्माण हुन लागेको फिल्म नालापानीको आगामी भदौबाट सुटिङ प्रारम्भ हुनेछ ।

सम्बन्धित शिर्षकहरु