साउन १५ । कोहलपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरले जिल्ला वन कार्यालयका निमित्त प्रमुख बजरुद्धिन खाँलाई ४० हजार घुस लिदै गर्दा पक्राउ गरेको छ।
वन मुद्धा मिलाईदिने भन्दै ४० हजार घुस लिदाँलिदै शुक्रबार खाँ कार्यकक्षबाटै पक्राउ परेका बताइएको छ । फत्तेपुरमा आवधिक क्षेत्रको रु ख कटान गरि अनियमितता गरेको आरोप लागेका व्यक्तिसंग मुद्दा मिलाईदिने भन्दै निमित्त वनप्रमुख खाँले ४० हजार घुस मागेका थिए।
४० हजार घुस मागेपछि पिडित व्यक्तिले अख्तियार कार्यालय कोहलपुरको टोलीसंग समन्वय गरेका थिए। ४० हजार रुपैँया खाँले बुझे लगत्तै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो। सेवाग्राहीसँग घुस लिएपछि ४० हजार रुपैँया खल्तीमै रहेको अवस्थामा खाँलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरका एसपी बसन्तबहादुर कुँवरले बताए। सात महिनाअघि जिल्ला वन कार्यालयमा आवधिक वनको काठ अनियमित रुपमा कटान गरेको वन मुद्धामा मिलाउने भन्दै बारम्बार घुस माग्दै आएका खाँलाई सेवाग्राहीसंगको समन्वयमा पक्राउ गरिएको एसपी कुवरले बताए।








