त्रिवि नियुक्त्तिको विरोध गर्दै नेविसंघले गर्‍यो आगजनि र तालाबन्दी

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी नियुक्त्तिमा राजनीतिक भागबण्डा भएको भन्दै विरोध स्वरुप उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी समेत जलाएका छन् ।

बुधबार नेविसंघका नेता तथा कार्यकर्ताले उपकुलपति डा. बास्टोकाटाको कुर्सी जलाउँदै उनीहरुले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्राको कार्यालयमा ताला लगाएका छन् ।
उपकुलपति बास्कोटालगायका त्रिवि नेतृत्वमा रहेकाहरुले भागबण्डामा आफू मातहतका निकायमा नियुक्त गरेको, विश्वविद्यालयको पढाइ सुधारको सट्टा दलीय आस्थाका आधारमा नियुक्तिलाई मात्र ध्यान दिएको लगायतका आरोप नेविंघले लगाएको छ ।

नेविसंघको उक्त कदम प्रति अनेरास्ववियूले विरोध जनाएको छ । अनेरास्ववीयूका संयोजक ऐन महरले संयोजक महरले ट्वीट मार्फत नेविसंघले उपकुलपति माथि दूर्व्यवहार गरेको भन्दै कस्तो लोकतन्त्र र संस्कार चाहेको हो ? भन्दै गरेका छन ।

सम्बन्धित शिर्षकहरु