यकुब मेमनलार्इ बिहानै फासी, मुम्बर्इको सुरक्षा व्यवस्था कडा

YAKUB-HANGING11साउन १४ । काठमाडौँ, मुम्बई हमलाका दोषी यकुब मेमनलाई भारतको सुप्रिम कोर्टले बिहीबार बिहानै झुण्डाएर मृत्यु दिएको छ । मृत्युदण्ड दिँदा हिंसा भड्कन सक्ने भन्दै भारतका विभिन्न सहरको सुरक्षा स्थिती निकै कडा पारिएको थियो ।

मुम्बई स्थित मेमनको घरमा पनी प्रहरीले सुरक्षा स्थिती निकै कडा बनाएको छ । उनलाई बिहान ६ः३० देखि ७ बजेको समय भित्र फाँसी दिइको हो ।

वरिष्ठ वकिल प्रशान्त भुषणको नेतृत्वमा गएका सामाजिक अभियन्ताहरुले राष्ट्रपति प्रवण मुखर्जिसँग क्षमा याचनाको अपिल गरे पनि उनले त्यो अस्वीकार गरिदिएका थिए ।

उनिहरुले त्यस पछि सुप्रिम कोर्टमा अन्तिम पटक माफिका लागि आग्रह गरेका थिए । तर त्यस्ले कुनै अर्थ राख्न सकेन । कतिपय मानव अधिकार कर्मि तथा सामाजिक अभियान्ताहरुले आजिवन जेल सजायको व्यवस्था गरेर मृत्युदण्ड खारेजीको माग माग गरेका थिए ।

नागपुर जेलमा बिहान ५ बजे देखि उनको फासीको प्रक्रिया सुरु भएको थियो । उनर्लाइ जेलका सुपरिटेंडेन्ट योगेश देसाईले फासीमा झुण्डाएका थिए ।

याकुबको परिवारले शवलाई मुम्बई स्थित घरमा वा उनको पुस्तैनी घर कब्रिस्तानमा लिने इच्छा व्यक्त गरेको थियो । तर प्रशासनले सुरक्षा स्थितीको कारण देखाउँदै जेलमै मुस्लिम रिति रिवाजका साथ अन्तयष्टीको व्यवस्था गर्ने बताएको छ ।

सन १९९३ को मार्चमा मुम्बई भएको बम आक्रमण काण्डमा दुई ५७ जनाको मृत्यु भएको थियो । त्यसपछि उनलाई सन २००७ मा नै सुप्रिम कोटले फासीको सजाय सुनाई सकेको थियो ।

सम्बन्धित शिर्षकहरु