लाद्न खोजिएको संविधान लागू हुन सक्दैनः अध्यक्ष यादव

yadav-photoसाउन १२  । विराटनगर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती लाद्न खोजिएको अधुरो संविधान मान्य नहुने बताएका छन्।

विराटनगरमा आज बिहान आफ्नो निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सदियौँदेखि पहिचान नपाएका मधेसी, आदिवासी जनजाति, दलित, महिला र सीमान्तकृत वर्गलाई अधिकारबाट वञ्चित गरेर ल्याउन लागिएकाले त्यस्ता संविधान मान्य नहुने स्पष्ट पारे ।

उनले जनताबाट प्रत्यक्षरुपमा कार्यकारी राष्ट्रपतिको पक्षमा आफ्नो पार्टीले विगतमा सुझाव दिएको जानकारी गराए।

विगतमा मधेसी, आदिवासीलगायतसँग गरेका सम्झौता कार्यान्वयन गरेपछि मात्र चार दलसँग वार्ताको औचित्य हुने उल्लेख गर्दै अध्यक्ष यादवले ती सहमति र सम्झौतालाई उल्टाउनका लागि वार्ता नगरिने उल्लेख गरे।

अध्यक्ष यादवले संविधानसभाको अधिकारलाई कटौती गरेको उल्लेख गर्दै एकात्मक न्यायपालिका स्वीकार गर्न नसकिने स्पष्ट पारे।

संविधानसभाबाट राजीनामा गर्ने सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले संविधानसभामा कडारुपमा प्रस्तुत हुने उल्लेख गर्दै राजीनामा गर्ने विषयमा अहिले कुनै निर्णय नभएको बताए ।

सम्बन्धित शिर्षकहरु