असनेपालन्युज सिड्नी ।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले हालै मलेसिया तथा अन्य खाडी मुलुकहरुमा नेपाली कामदार पठाउ“दा निःशुल्क भिषा र टिकट हुनुपर्ने भनी गरेको निर्णयलाई गैरआवासीय नेपालीे संघ स्वागत गरेको छ । संघ का प्रवक्ता मन के सि द्वारा एक विज्ञप्ती जारी गर्दै सो निर्णयको स्वागत गरिएको हो ।
नेपाली कामदारलाई ‘फ्रि भिसा, फ्रि टिकट’ मा बैदेशिक रोजगारीका अबसर दिनु अत्यन्तै स्वागतयोग्य कदम भएतापनि यसलाई कार्यान्वयन गर्दा कामदारहरुका हकहितलाई प्राथमिक्तामा राखी यसका व्यवहारिक पक्षको समेत मूल्या¨न गरी सरकारले सम्बन्धित मुलुकसंग श्रम सम्झौता गर्दा अझ प्रभावकारी हुनेछ । यद्दपी कतिपय वैदेशिक रोजगार ब्यवसायीहरूले भने यसको विरोध गर्दै आएका थिए।
यस वारेमा तयार एक टेलिभिजन रिपोर्ट यस्तो छ ।








