महान् खेलाडी पेले पुनः अस्पताल भर्ना

रियो दि जेनेरियो, ३ साउन । विश्व फुटबल सम्राट पेले अस्पतालमा उपचार गरी घर फकिएको तीन महिना नपुग्दै शुक्रबार पुनः अस्पताल भर्ना भएका छन्।

उनको पिठ्युको नसा च्यापिएकाले उपचारार्थ अस्पताल ल्याइएको हो । तीन महिनाअघि ब्राजिलियाली फुटबल सम्राट पेलेको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गरिएको थियो ।

सञ्चारमाध्यममा जनाएअनुसार विश्व प्रसिद्ध फुटबल हस्तीको अहिले साओ पाउलोस्थित अलवर्ट आइन्सटाइन अस्पतालमा उपचार भइरहेको छ । उनलाई आइतबार अस्पतालबाट घरमा लगिने कुरा पनि त्यहाँको एक दैनिक पत्रिका ‘फोला डे एस पाउलो’ ले लेखेको छ ।

पेलेले ब्राजिलका लागि तीन पटक फुटबलमा विश्वकप उपाधि दिलाएका थिए ।

सम्बन्धित शिर्षकहरु