विस्फोटमा ८० इराकी मारिए

iraq15एजेन्सी, इराकमा इस्लामिक अतिवादी समूह ‘आइएस’का लडाकूहरुले एक बजारमा गराएको विस्फोटमा परी ८० जना मारिएका छन् ।

दियाला प्रान्तको खानबनी इलाकामा गराइएको चारओटा बम विस्फोटमा मारिनेमा थुप्रै बालबालिका पनि परेका छन् । मानिसहरु इदको खुसियालीमा रमिरहेका बेला विस्फोट गराइएको हो । विष्फोटबाट थुप्रै भवनहरुसमेत ध्वस्त भएका छन् ।

इराकको ठूलै क्षेत्रमा आइएसको नियन्त्रण रहेको छ । आफ्ना एक सदस्यले भीडमा तीन टन विस्फोटक पड्काएको दाबी आइएसले गरेको छ । दियाला प्रान्तका अधिकारीहरु तीन दिनको शोक घोषणा गर्दै इदको सबै कार्यक्रम नगर्न आग्रह गरेका छन् ।

इराकको उत्तरी र पश्चिम क्षेत्रमा सरकार र आइएसबीच संघर्ष चलिरहेको छ । दियाला प्रान्तमा पनि गएको वर्ष आइएसले कब्जा गरेपछि त्यहाँबाट उनीहरुलाई खेदिएको थियो ।

सम्बन्धित शिर्षकहरु