सिड्नी, प्रवासी कलाले विस्तारै बजार विस्तार गर्दैछ । नेपाली कला र सिर्जनालाई विश्वभूमण्डलिकरण मार्फत अन्तर्राष्ट्रिय तह सम्म विस्तार गर्न लागि परेकाहरू कुनै नै कुनै रूपबाट नेपाली कलाको प्रवद्र्धन गरिरहेका छन् । यसैक्रममा ‘जीवनउत्थान’लागि अष्ट्रेलियामा फेसनमाण्डु फेसन सो हुने भएको छ । प्रतियोगिता मार्फत नेपाली शिल्पका पोशाकको प्रवद्र्धन सघाऊ पुग्ने आयोजकले लक्ष्य लिएका छन् ।
आगामी अगस्ट २९ गते शनिबार आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपाली ख्याती प्राप्त मोडलहरूका अलावा अष्ट्रेलियाका मोडलहरूको समेत सहभागिता रहने आयोजकले जानकारी दिएको छ । साँझ ६ बजेदेखि सिड्नी सिटीस्थित एसएमसी कन्फ्रेन्स एण्ड फक्सन सेन्टरमा आयोजना हुने सो कार्यक्रममा नेपालबाट जम्मा ६ जना मोडल मात्रै सहभागि हुने छन् । २० जना मोडलको कला प्रदर्शन हुने उक्त प्रतिष्पर्धामा अष्ट्रेलिया ग्लोबल युनाईटेड २०१५ सोनी टर्नर सहभागि हुने बताइएको छ । त्यस्तै पत्रकार सम्मेलनमा शो स्टपरको रुपमै मिस वर्ल्ड नेपाल २०१२ श्रृष्टी श्रेष्ठ र मिस अष्ट्रेलिया बेष्ट मोडल २०१४ कि लुइस ब्रोइङ्ग रहने जानकारी गराइएको छ ।

प्रारम्भिक चरणमा २ सयभन्दा बढी आवेदन परेको सो प्रतियोगिताका लागि २० जना छनोट गरिएको हो । कार्यक्रम नेपाल– अष्ट्रेलियाको सांस्कृतिक सहचार्यका लागि कोशे ढुंगा सावित हुने पनि आयोजकले लक्ष्य राखेको छ । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम नेपालमा रहेको जीवन उत्थान केन्द्रलाई प्रदान गरिने पनि आयोजकले असनेपालन्यूजलाई जानकारी दियो । जीवनउत्थान नेपाली टुहुरा बालबालिकाको शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्ने गर्दछ ।








