बुटवल, मोफसलका कलाकाहरुहरुलाई लिएर काठमाडौँकी १५ वर्षीया गायिका एलिना खनालको ‘म त १६ बर्षे नानी’ लोक आधुनिक गीतको म्युजिक भिडियो सुटिङ्ग अहिले बुुटवल र यस आसपासमा छायांकन भइरहेको छ। बुटवलको हिलपार्क, तिनाउ नदी लगायत विभिन्न रमणीय स्थानहरुमा उक्त गीतको छायांकन गरिएको निर्माण युनिटले जानकारी दिएको छ ।

दृष्टि ईन्टरनेन्टमेन्टको व्यानरमा निर्माण हुँदै गरेको उक्त गीतको म्युजिक भिडियो निर्माण एटीएट एमएम भिडियो कम्पनीले गरेको हो । एलिनाको स्वरमा रहेको उक्त गीतमा एक सय ५० भन्दा बढि गीतमा शब्द लेखेका शिव पी सुवेदीको शब्द रहेको छ भने लय÷संगीत विपिन आचार्यको रहेको छ ।
म्युजिक भिडियोमा कलाकाहरु राज, सुरज, हरि, नविन र पार्वती, प्रिया, सरु र विनाले अभिनय गरेका छन् । मदन खड्काको निर्देशन रहेको उक्त भिडियोको छायांकन सोभाकर पोख्रेलले गरेका छन् । बुटवलका कलाकार दिनेश कुमार श्रेष्ठको मेकप रहेको उक्त गीति एमवि स्टुडियो सामाखुसी काठमाडौँमा रेकर्डिङ्ग गरिएको हो ।







