सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित

/fi6«klt 8f /fdj/0f ofbjaf6 ;/sf/sf] cfufdL cfly{s jif{ @)&@÷&# sf] gLlt tyf sfo{qmd k|:t't u/L ;Daf]wg ug{'x'Fb} Joj:yflksf?;+;bsf] cfhsf] ljz]if a}7s . tl:a/ M k|bLk/fh jGt, /f;;असार २७ ।  काठमाडौँ,  सरकारले प्रस्तुत गरेको आब २०७२ ÷७३ को नीति तथा कार्यक्रमलाई संसद्ले आइतबार पारित गरेको छ।

संसद्को बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि यसलाई पारित गरिएको हो। यसअघि छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री सुशील कोइरालाले जवाफ दिए कार्यक्रम छ। जवाफका क्रममा प्रधानमन्त्रीले छलफल तथा संशोधनका क्रममा आएका विषयलाई कार्यन्वयनमा समेटिने बताएका थिए।

छलफलमा सहभागी हुने क्रममा सत्ता पक्षका सांसदहरुले पनि नीति तथा कार्यक्रम परम्परागत र झारा टार्ने खालको भन्दै आलोचना गरेका थिए। ध्वनि मतका आधारमा संसद्ले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो। अब बजेट ल्याउनका लागि बाटो खुलेको छ।

सरकारले आगामी मंगलबार आगामी वर्षका लागि करिब साढे आठ खर्बको बजेट प्रस्तुत गर्दैछ। बजेट पारित भएपछि पेश्की विधेयक पारित गरेर सभासद्हरु संविधानको मस्यौदामा जनमत संकलन तथा अन्तरक्रियाका लागि जिल्ला जाने तयारी छ।

सम्बन्धित शिर्षकहरु