” पत्रकारहरूले जहाँं बसे पनि इमान्दारिता देखाइरहनु पर्छ !!”
असनेपालन्युज । सिड्नी।
आम संचार माध्यमले समुदायमा प्रत्यक्ष प्रभाव पार्ने हुंदा जहाँ बसेर पत्रकारिता गरे पनि पेशागत इमान्दारिता अपनाउन वरिस्ठ पत्रकार ध्रुवहरी अधिकारीले आग्रह गर्नु भएको छ । सिड्नीका संचारकर्मी तथा पत्रकारिता सँग सम्वन्धित ब्यक्तिहरू सँगको एक अन्तर्कृया कार्यक्रममा उहांले भाषागत शुद्दता , निश्पक्षता र विश्वसानीयतालाई जहां गएर पनि पत्रकारहरूले कायम राख्नु पर्ने बताउनु भयो । अस्ट्रेलियामा पारिवारिक भेटघाटको शिलशिलामा आइपुग्नु भएका पत्रकार अधिकारिले ब्यस्त दिनचार्या र अतिरिक्त जिम्वेवारी का वावजुत प्रवासि पत्रकारहरूले आ-आफ्नो क्षेत्रबाट समुदायलाई सुसुचित गर्ने कार्य गरेकोमा धन्यवाद दिनुभएको थियो । 
सिड्निको हम्वुस स्थित “अन्नपूर्ण नेपाली एन्ड इन्डियन रेस्टुरेन्टमा ” आयोजित सो भेटघाट कार्यक्रममा सिड्निबाट सन्चालन हुने विविध छापा तथा विद्दुतीय संचार माध्यमका प्रतिनिधिहरूको सहभागीता रहेको थियो । सो अवसरमा संचारकर्मिहरूले पेशागत एकता , कार्यगत मेलमिलापपूर्ण तवरले अगाडि बढाउनु पर्ने बताउंदै प्रवासको पत्रकारिता का जटिलता र अवसरका वारेमा छलफल गरेका थिए ।
पत्रकार ध्रुवहरी अधिकारि सँग असनेपालन्युजले गरेको रोचक अन्तर्वार्ता पढ्न , हेर्न तलको लिन्क क्लिक गरौ ।
http://ausnepalnews.com/?p=13396









