मन्त्री पराजुलीको राजीनामा स्वीकृत

Hari-Prasad-Parajuliअसार १७। काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले कृषि मन्त्री हरिप्रसाद पराजुलीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले मन्त्री पराजुलीको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले बताए ।

धान दिवसको अवसरमा यही असार १५ गते काठमाडौँको मूलपानीमा आयोजित रोपाइँमा उनले स्थानीय महिलालाई दुर्व्यवहार गरेका तस्बिरसहितका समाचार सार्वजनिक भएपछि उनलाई पदबाट राजीनामा गर्न नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्देशन दिएका थिए ।

सम्बन्धित शिर्षकहरु