एमालेकै दबावमा निर्वाचन मिति

असार ६ । काठमाडाैँ, नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको बताएका छन्। ‘सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो, तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भयो’ उनले भने।

नेकपा (एमाले) द्वारा माङ्सेबुङ गाउँपालिकाको चिसोपानी पञ्चमीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपनेता नेम्वाङले राजपाको बहाना बनाएर निर्वाचन पछि धकेल्न सरकार उद्दत रहेको बताए।

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उनले जनता एमालेकै पक्षमा रहेको जिकिर गरे। आफ्नो पार्टी सरकारमा हुँदा विकास निर्माणको कार्यले प्राथमिकता पाएको चर्चा गर्दै उनले सरकारले गरेका गल्तीका कारण राँके–रवि–दमक सडकको ठेक्का लाग्न नसकेको आरोप लगाए।

पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको पनि उनले उल्लेख गरे। रासस

सम्बन्धित शिर्षकहरु