असार ९ । अष्ट्रेलिया । अष्ट्रेलिया एनआरएनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय बुधबार साँझ पाँच बजे सम्म तोकिएको छ । निर्वाचन आगामी जुलाई चार मा हुदैँछ । यस अघि उम्मेदवारी फिर्ता लिने समय जुन २२ तोकिएको थियो । आपसी समझदारीमा उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिने समय दुई दिन थप गर्न माग गरेकाले जुन २४ सम्म समय थपिएको थियो ।
निर्वाचनको तयारीका सन्दर्भमा कुरा गर्दै नेशनल इलेक्सन कमिस्नर जोग लिम्बुले निर्वाचनको तयारी पूर्व निर्धारित कार्य तालिका अनुरूपनै भइरहेको बताए । उनका अनुसार आज साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने आजै राती अवेरसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । अष्ट्रेलिया एनआरएनको आगामि नेतृत्वका लागि सुरेश सिग्देल र भरत पोखरेल प्यानल बनाएरै मैदानमा देखा परेका छन् । एनआरएन अष्ट्रेलियाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका अर्का प्रत्यासी ऋषी कँडेलले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
मतदाताको संख्या निर्धारण भइसकेको र इलेक्ट्रोनिक भोटिङका माध्यमबाट निर्वाचन गरिने पनि लिम्बुले जानकारी दिए ।








