हाल अमेरिकामा रहनुभकी नायिका रेखा थापाले आफूले कुनैपनि फिल्म अवार्डमा भाग नलिने घोषणा गर्नु भएको छ । नायिका थापाले नेपालमा हुने कुनै पनि फिल्मी अवार्डमा रेखा फिल्म्सबाट निर्मित सिनेमाले भाग लनिने घोषणा गर्नु भएको हो ।
उहाले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै नेपालमा चीनजान, आफन्त र सोर्स फोर्समा अवार्ड दिने परम्परा भएकाले त्यस्ता अवार्डको कुनै नहुने भन्दै अवार्ड आयोजकले मनपरी शैलिले अवार्ड प्रदान गरेका कारण वर्षका कतिपय हिट फिल्म अवार्डमा आफु सहभागी नभएको उल्लेख गर्नु भएको छ । नायिका रेखा थापाले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटसको बरिष्ठ चलचित्र पत्रकारदेखि चलचित्र निर्माताले गतल टिप्पणी गरेको प्रतिकृया दिएका छन् । उनीहरुले अवार्डमा भाग लिने नलिने आफ्नो इच्छा भएपनि सम्पुर्ण चलचित्र अवार्डमाथी यसरी आरोप लगाउनु उहाको गलत टिप्पणी गरेका छन ।







