नश्लबाद अमेरिकीको डिएनएमा छः ओबामा

obama_podcastअसार ८ । काठमाडौं, अमेरिकी राष्ट्रपति बराक ओबामाले उनको देश अझै पनि नश्लवादबाट मुक्त हुन नसकेको स्वीकारेका छन् । एक रेडियो अन्तर्वार्तामा राष्ट्रपति ओबामाले यस्तो बताएका हुन् ।

अन्तर्वार्ताका दौरान उनले निग्रो अर्थात हब्सी (काला जातीका लागि प्रयोग गरिने सब्द) सब्द प्रयोग गरेका थिए । हालै एक अमेरिकी युवले दक्षिणी कैरोलाइनाको एउटा चर्चमा अन्धाधुन्ध गोली प्रहार गरी ९ अफ्रिकी मुलका अमेरिकीको हत्या गरेका थिए । प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति नश्लभेदी सोचबाट ग्रस्त थिए ।

सोमबार प्रसारित अन्तर्वार्ता हास्य अभिनेता मार्क मेराँनले लिएका हुन् । अन्तर्वार्तामा ओबामाले भनेका छन्,‘ यो फगत खुल्लमखुल्ला भेदभावको मुद्दा हैन । समाज रातारात ति कुराहरु निमिट्यान्न पार्न सक्दैन जो २–३ सय बर्षमा भएको होस् ।’ उनले आफ्नो बाल्यकालमा हुने गरेको नश्लभेदभन्दा अहिलेको अवस्ता निक्कै सुधारिएको पनि ओबामाको भनाई थियो । एजेन्सी

सम्बन्धित शिर्षकहरु