सर्बिया बन्यो युथ विश्वकप फुटबल च्याम्पिएन

sarviyaअसार ६ । काठमाडौँ, पाँचपटकको  विजेता ब्राजिललाई हराउँदै सर्विया युथ विश्वकप फुटबलको च्याम्पिएन बनेको छ । युरोपेली राष्ट्र सर्वियाले शनिबार भएको खेलमा ब्रजिललाई २–१ ले हरायो । पहिलो पटक फाइनलमा पुगेको सर्विया उपाधि उचाल्न पनि सफल भयो ।

सन् २००६ मा स्वतन्त्र राष्ट्र बनेयता सर्बियाले पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको हो । खेल टाइब्रेकर नजिक पुग्दा नेमान्जा माक्सिमोभिचले ब्राजिललाई स्तब्ध तुल्याएका थिए । उनले १ सय १७ औं मिनेटमा विजयी गोल गरेका हुन् ।

निर्धारित समयको खेल निक्कै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा ७० औं मिनेटमा स्ट्राइकल स्टानिसा मान्डिचले सर्बियाको खाता खोलेका थिए । तर सर्बियाले अग्रता लिएको ३ मिनेट नबित्दै ब्राजिलका आन्द्रियास परेराले गोल फर्काएका थिए । खेलमा ब्राजिलले बल नियन्त्रणमा राखे पनि सर्बियाको काउण्टर एट्याक उत्कृष्ट थियो ।

सम्बन्धित शिर्षकहरु