साना, २८ जेठ । यमनमा साउदी अरेबियाको नेतृत्वको हवाई आक्रमण औपचारिक रुपमा रोकिएको बताइएको भएपनि त्यहाँका हुथी विद्रोहीविरुद्धको कारबाही जारी रहेको छ ।
सो कारबाहीका क्रममा बुधबार राति र बिहीबार बिहानसम्ममा कम्तीमा पनि १२ जना विद्रोही मारिएका बताइएको छ ।
साउदी अरेबियाको सेनाले सो हमला गत महिना बन्द गरेको जनाएको थियो । तर यमनको सेनाले सो कारबाही जारी नै राखेको छ । त्यसमा साउदी सेनाको पनि सहयोग रही आएको छ ।
साउदी अरेबिया नेतृत्वको सैनिक गठबन्धनले भने मारिनेमा विद्रोही नै पर्ने गरेको बताउँछन् । मारिनेमा केही सर्वसाधारण पनि रहेको समाचारमा जनाइएको छ ।
साना सहरमा नै सेनाले हुथीका विरुद्धका कारबाही गरिरहेको छ । तर यसअघि नै साउदी अरेबिया नेतृत्वको सेनाले भने राजधानी सानामा हुथीको खतरा नरहेको बताएको थियो ।
अधिकारवादीहरूले मारिने व्यक्तिमा सर्वसाधारण बढी पर्ने गरेको भन्दै विगतदेखि नै त्यसको विरोध गर्दै आएका छन् । सेनाले गएराति पनि आक्रमण जारी नै राखेको छ ।
साउदी अरेबियाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यमनको राष्ट्रिय सेनाले सिया विद्रोहीविरुद्धको कारबाही जारी नै राखेको छ ।
यमनको दोस्रो ठूलो सहर सानाको दक्षिणी क्षेत्रमा रहेको एक विद्रोहीको क्याम्पलाई लक्ष्यगरी मङ्गलबार बिहान पनि गरिएको अर्काे एक आक्रमणमा परी त्यहाँ रहेका आठजना विद्रोही मारिएको सेनाले जनाएको छ ।








