अजेय शर्मा । असनेपालन्युज रिपोर्टर । सिड्नी । दिनका लागि धन मात्र भएर हुंदैन , मन हुनुपर्छ । यस्तै उदार मन भएका नेपालीहरू चालिएका ब्यक्तिगत कदम बाट अहिले नेपालको भुकम्प पीडितका लागि निस्वार्थ सहयोग पुग्दै आएको छ। यस्तै निस्वार्थ सहयोग गर्ने ब्यक्तिहरू
मध्येका हुन योगेस पुडासैनी । उनी द्वारा संलग्न हिमालयन चार ग्रिल रेस्टुरेन्ट ले हाल सम्म च्यारिटी डिनर मार्फत ४० हजार डल
र भुकम्प पीडितलाई सहयोग गरेको छ। ग्लिव र क्रोज नेस्ट मा रहेको सो रेस्टुरेन्टले हिमालयन फाउन्डेसन , रेडक्रस , भुकम्प पीडितलाई प्रत्यक्ष सघाउन जाने स्वयंसेवक मार्फत सो सहयोग गरेको सो रेस्टुरेन्ट का संचालक योगेश असनेपाल न्युजलाई बताउंछन्। हरेक हप्ता नेपालको च्यारिटी मा ब्यस्त रहने सो रेस्टुरेन्ट मा नेपाल भ्रमण मा पुगेका र नेपाललाई माया गर्ने अस्ट्रेलियनहरू च्यारिटि डिनरकाका लागि सहभागी हुने गर्छन्। यसै क्रममा गत सोमवार एक यस्तै रात्री भोज कार्यक्रम ग्लिवमा सम्पन्न भएको छ ।कार्यक्रममा नेपालको भ्रमण गरिसकेका नेपाल प्रेमि अस्ट्रेलिय
नहरूले डिनर ,राफल टिकेट मार्फत नेपालका भूकम्प पीडितलाई सहयोग संकलन गरेका छन्। ‘नेपाल भमणका क्रममा हामी नेपालको प्रेममा पर्यौं , त्यसैले नेपालको दु:खमा यो सहयोग को हात अघि बढाएका हौं ।’-सहभागि रेडम ब्रन ले असनेपालन्युजलाई बताइन । यस अघि सिड्निको क्रोज नेस्ट स्थित हिमालयन चार ग्रिल आयोजित सहयोग रात्री भोज कार्यक्रमा प्रसिद्द सगरमाथा आरोहि लिन्कोल हलका छोरा तथा हिमालयन फाउण्डेशनका राजदुत डिलन लिन्कोल समेत सहभागी बनेका थिए । ‘नेपालको दु:खमा हामी चुप रहदैं
नौ ‘उनि असनेपालन्युजलाई बताउंछन् । ‘ यस्तै नेपाल जस्तो सुन्दर थियो हामी त्यस्तै सुन्दर देख्न चाहन्छौ ‘ नेपाल सहयोग रात्री भोजका आयोजक मध्येकि एक लुसि असबोन बताउंछिन्। सरल स्वभावका नेपाली , सुन्दर देश र विश्वकै सम्पदा मा चोट लाग्दा हामी सबै स्तब्ध छौं , हाम्रो मन मस्तिष्क घायल बनेको छ ‘भन्दै धेरैले आफ्नो दु:ख प्रकट गरेका थिए । हिमालयचार ग्रिल नेपाली रेस्टुरेन्ट मा सम्पन्न सो सहयोग कायक्रम बाट उठेको रकम बाट हाल सम्म नेपालका विभिन्न जिल्ला मा सहयोग पुग्दै आएको छ । सो अवसरमा ६० भन्दा बढी नेपाल प्रेमी अस्ट्रेलियनहरूको सहभागीता थियो । नेपाल सबैको प्या
रो भएकाले नै विश्वका सबै नागरिकहरू यतिवेला नेपाल प्रति सद्भाव देखाइ रहेका छ्न्। आफुले सकेको स्थान बाट सह
योग गर्न यस्तो कार्यकमको आयोजना गरिएको रेस्टुरेन्ट का संचालक योगेस पुडासैनि बताउंछन्।नेपालप्रेमि हरूले विभिन्न क्षेत्र बाट आ-आफ्नो तवरले नेपाललाई यतिवेला सम्झिरहेका छन्।
ब्यक्तिगत तवरमा सहयोगका लागि चालिएका ठुला अभियानहरू
अस्ट्रेलिया बाट विभिन्न संघ – संस्थाहरूले विभिन्न सहयोग पुर्याई रहेको सन्दर्भमा ब्यक्तिगत तवर बाट पनि महत्वपूर्ण सहयोग जुटी रहेको छ । ब्यक्तिगत तवरमा सहयोगका लागि चालिएका
ठुला अभियानहरू ब्यक्तिगत रुपमा अभियान सन्चालन नेपाललाई सहयोग गर्ने हरूको संख्या अहिले बढ्दो छ ।स्वत:स्फुर्त रुपमा सहयोग गर्ने हरूको भन्छन्’यो हाम्रो कर्तब्य हो , दु:खमा सकेको सहयोग गर्नु जो कोहि कर्तब्य हो , सहयोग जहाँ जसरि गरिए वास्तवीक पीडितले विना पुर्वाग्रह पाउनु पर्यो ‘। यसै क्रममा न्यु साउथ वेल्सका महावाणिज्यदुत दीपक खड्काले ब्यक्तिगत पहलमा दोलखका पुरै थामि वस्तिमा घर बनाइदिने पहल गरिरहनु भएको छ ।उहांले एक करोड भन्दा बढि यस तर्फ सहयोग गर्दै हुनुहुन्छ । यसरीनै संचार कर्मि भीमसेन सापकोटाले ब्यक्तिगत रुपमा पुलाउ विक्री तथा योग , ध्यान कार्यक्रम मार्फत करिव 45
हजार डलर सहयोग जुटाउन सफल हुनु भएको छ । जुन सहयोग मार्फत सिन्धुपाल्चोकमा ४ वटा स्कुल(कालिका देवी मा वि ,श्री कृष्ण उच्च मा वि, सेतीका देवी प्रावि , भञ्ज्याङ प्रा वि , इचोक खाने पनि
परीयोजना ) ५०० घरलाई राहत , दोलखामा स्वास्थ्य चौकि निर्माण मा सहयोग पुगेको छ । यस्तै डा आर वि सिह ले करिव १० हजार डलर संकलन गरि ब्यक्तिगत अभियान मा सहयोग गर्नु भएको छ ।
सिड्निमा रेजिस्टर्ड नर्स पेशामा संलग्न सन्ध्या वङ (तमाङ ) ले ५ हजार भन्दा बढि सहयोग गरि दोलखा तथा सिन्धुपाल्चोक वासिलाई सहयोग पुर्याउनु भएको छ । उहांले मेडिसिन , टेन्ट लगायतको सामग्रि सिन्धुपाल्चोक र दोलखामा समेत सहयोग पुर्याउनु भएको थियो । ब्यवसायी योगेस पुडासैनि मार्फत जोरपाटी को लायन्स क्लव देखि विभिन्न जिल्लाहरूका पीडित सम्म प्रत्यक्ष्य ४० हजार डलर बराबरको सहयोग पुगेको छ ।उहांको सहयोगले सिन्धुपाल्चोक ,कास्कि तथा अन्य जिल्लामा सहयोग पुगेको बताउनुहुन्छ ।
पद , प्रतिस्ठा , संस्थागत लोकप्रियता भन्दा माथि उठेर हप्तौं सम्म आफ्नो काम पर सारेर चालिएका यस्ता ब्यक्तिगत कदम वास्तवमै सहयोगि बनेको महावाणिज्य दुत खड्का बताउनु हुन्छ । आफ्नो नीजी काम-धन्दा पर सारेर देशको सहयोगको लागि चालिएका यस्ता प्रयास साना देखिए पनि यसले दुर्गमका वस्तिमा महत्वपूर्ण लाभ उठाइरहेको पुडासैनि को भनाइ छ । स्वयं सेविहरूको नाम प्रेरणा का लागि असनेपालअन्युजले क्रमश : सार्वजनिक गर्दै जाने भएकाले यस्ता विवरण सबै सँग माग गरिएको छ।








