बैशाख २८ ।कपिलवस्तु,बर्षौदेखि कपिलवस्तु नगरपालिका-८ मा रहेको निग्रोधराममा भएको अतिक्रमणलाई प्रहरीले डोजर लगाएर हटाएको छ ।
स्थानीय प्रशासनको निर्देशनमा लामो प्रयासपछि प्राचीन कपिलवस्तुस्थित बुद्धसँग सम्बन्धित जिल्लाकै दोस्रो महत्वपूर्ण स्थल निग्रोधराम कुदानको अतिक्रमण हटाइएको हो ।स्थानीय प्रशासनको निर्देशनपछि प्रहरीले कपिलवस्तु नगरपालिका–८ मा रहेको निग्रोधराममा बर्षौदेखिको अतिक्रमण डोजर लगाएर हटाएको हो । यसअघि ५ दशकदेखि लुम्बिनी विकास कोष, स्थानीय प्रशासनले पटक पटक प्रयास गर्दा पनि अतिक्रमण हटाउन सकेको थिएन ।निग्रोधरामको १० बिघा ४ कठ्ठा र ९ धुर मध्ये दक्षिण तर्फको ६ कठ्ठा बढी क्षेत्र अतिक्रण गरी निर्माण गरिएको घर र गोठ निर्माण भत्काईको छ ।
पुरातात्विक क्षेत्र भित्र पर्ने कपिलवस्तु नगरपालिकाले बर्षौ पहिले निर्माण गरेको पक्की धर्मशाला लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेपछि त्यसलाई भने भत्काईएको छैन ।कोषका पुरातत्व अधिकृत हिमाल उत्प्रतीले लामो प्रयास पछि स्थानीय प्रशासनको सहयोगमा अतिक्रमण खाली गराउन सफल भएको बताउनुभयो । अतिक्रमण हटाउन ढिलो हुँदा अलपत्र परेको तारबार गर्ने कार्य लगायत अन्य कामहरु अब तुरुन्तै सुरु गर्ने लुम्बिनी विकास कोषले जनाएको छ ।







