काठमाडौँ, शुक्रबार साँझ ६ बजेर ४७ मिनेट जाँदा दोलखा दूधपोखरी केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३७७ परकम्प मापन गरिएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।








