नेत्र पण्डित ,असनेपालन्युज । बेलायत । स्वस्थ बनौ, सुखी रहौ र जीवनलाई उत्प्रेरित बनाउँ, जीवनमा हाँसेर बाँचौ भन्ने विशेष नाराको साथ बेलायतको रेडिङ् स्थित एक चर्चमा नेपालीहरुले योग तथा ध्यान शिविरभब्य रुपमा सञ्चालन गरेका छन् । चर्चको हाता भित्रै सञ्चालन गरिएको कार्यक्रम विभिन्न देशमा योग, ध्यान, उत्प्रेरणा कार्यक्रम गर्दै मानिसको जिन्दगीलाई सकारात्मक परिर्वतन गरिरहनु भएका आर्चाय राजन शर्मा (भिमसेन सापकोटा) ले सञ्चानल गर्नु भएको थियो ।कार्यक्रम ग्रेटर रेडिङ नेपाली समाज ले आयोजना गरेको थियो ।

‘रिडिङ नेप्लिज समुदाय’ र विभिन्न संस्थाहरुको आयोजनमा सम्पन्न भएको कार्यक्रममा मानिसहरुको खचाखच रुपमा नै सहभागिता रहेको आयोजक मध्येका एक चुडामणिले असनेपालन्युलाई बताउनु भयो । सो सहभागिताले धेरैको मन उज्यालो बनाएको र सो कार्यक्रममा योग, ध्यान, उत्पेरणा प्रणायाम, मुद्रा ज्ञान ,भावातित ध्यान र कुण्डलिनी जागरण जस्ता विविध क्रियाकलापलाई सो शिविरमा सञ्चालन गरिएको थियो । यसले गर्दा धेरै मानिसहरु आफ्नो रोगको उपचार हुनसक्यो भनेर खुसी बनिरहेका थिए भने कतिले जिवनको नयाँ परिभाषा पाईयो भन्दै रमाईरहेको सहभागी आयोजक मध्येका एक कुमार के सि बताउंनु हुन्छ ।
अक्फोर्ड विश्वविद्यालयका प्राध्यापक डा. कृष्ण अधिकारी भन्नुहुन्छ- ‘हामीले तेस्रो पटक आर्चाय राजन शर्मासँग रिडिङमा यस्तो शिविर राखेका हौ जसले गर्दा मानिसहरुमा परिर्वतनको लहरमात्र नभएर अध्यात्मिकता तर्फको रुची यसभित्र रहेको वैज्ञानिकताको नयां विश्लेषण हुन पुगेको छ । ‘ सो अवसरमा ओमकार अधिकारि, चिरन्जीवी पौडेल विभिन्न सहभागिहरुले लगायत आयोजक मध्येका विभिन्न ब्यक्तिहरुले कार्यक्रम नियमित हुनुपर्ने बताउंदै आ-आफ्नो धारण राख्नु भएको थियो ।


कार्यक्रममा विशेष गरेर मानव जीवनलाई कसरी उठाउन सकिन्छ भन्ने तर्क राख्दै हामी विदेशमा पुगेका नेपालीहरुले श्रमबेच्ने मात्र होईन विवेक पनि बेच्न सुहाँउछ र त्यसको लागि हामीले आजैदेखि आफ्नो भूमि,वैदिक भूमिवाट उत्पन्न भएको, देवभूमिवाट उत्पन्न भएको योग,चिकित्सा, संस्कृती, प्रकृतिक चिकित्सा, आर्युवेद कुण्डलिनी जागरणको कुराहरुलाई अगाडि बढाउन सकिन्छ भन्ने छलफल गर्नुभएको थियो ।
यसै गरेर सो कार्यक्रमा रेडिङ समुदायका तर्फ बाट मोहनले धन्यावाद दिनुभएको थियो भने सो कार्यक्रममा रहनु भएको विविध व्यक्तिहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । सो कार्यक्रमलाई लामो समयदेखि साथ दिदै आउनु भएका अक्सफोर्ड विश्वविद्यालयका प्रध्यापक, साहित्यकार कृष्ण बजगाइं ,चुडामणी, श्रीकृष्ण लगायतले आ आफ्नो धारणा राख्दै यस्तो कार्यक्रमलाई विश्वव्यापी बनाउनु पर्ने बताउनु भयो ।

२ सय घण्टाको योग शिक्षक तालिम
विश्वशान्ति तथा अध्यात्मक विज्ञानको समाज(GSPSS)को समन्वयमा अन्त्तर्राष्ट्रिय स्तरको योग शिविर तथा प्रशिक्षण पनि सुरु गरिएको छ ।प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सो तालिम अनलाइन बाट समेत लिन सकिने व्यवस्था गरिएको छ । २ सय घण्टाको तालिमपछि विदेशमा बसेर नै नेपालीहरुले विश्वभर नेपालको शिक्षालाई प्रवर्धन गर्न पाउने आर्चाय राजन शर्माले बताउनु भयो । बेलायतको अन्य स्थानमा समेत यसअघि उत्पेरणाको कार्यक्रम सञ्चालन भएको थियो ।












