वैशाख २८ ।इस्लामाबाद,तालिवानले आफुले क्षेप्यास्त्र प्रहार गरेर कूटनीतिज्ञ लिएर उडेको पाकिस्तानी हेलिकप्टर झारेको भिडियो सार्वजनिक गरेको छ ।उनीहरूले अन्तरराष्ट्रिय संचार माध्यमा एपिलाई उपलब्ध गराएको भिडियोमा तीन किलोमिटरको दूरीबाट शुक्रबार उक्त हेलिकप्टर झारेको दृष्य देखाएको छ । सन्देशमा उर्दु भाषामा उक्त क्षेप्यास्त्रले हेलिकप्टरको पुच्छरको रोटरमा प्रहार गरेको उल्लेख गरिएको छ ।
उक्त दुर्घटनामा पाकिस्तानका लागि फिलिपिन्स तथा नर्वेका राजदूत तथा मलेसिया तथा इन्डोनेसियाका राजदूतका श्रीमतीहरूको मृत्यु भएको थियो । यसका साथमा पाकिस्तानी हेलिकप्टर चालकहरूको पनि मृत्युभएको थियो । उक्त हेलिकप्टरमा रहेका १२ यात्रु घाइते भएका थिए र ती प्रायः कूटनीतिज्ञ भएको बताइएको छ ।
यस विषयमा टिप्पणी गर्न सैनिक अधिकारी उपलब्ध भएनन् । यसअघि पाकिस्तानले प्राविधिक असफलताका कारण उक्त दुर्घटना भएको र तालिवानको दाबी अवसरवादिता भएको दाबी गरेको थियो ।उक्त भिडियो शनिबार लडाकूको वेबसाइट तथा पत्राचारमा सार्वजनिक भएको हो ।








