सिड्नी। नेपालको भ्रमण गरिसकेका नेपाल प्रेमि अस्ट्रेलियनहरूले नेपालका भूकम्प पीडितलाई सहयोग सन्कलन गरेका छन्। ‘नेपाल भमणका क्रममा हामी नेपालको प्रेममा पर्यौं , त्यसैले नेपालको दु:खमा यो सहयोग को हात अघि बढाएका हौं । सिड्निको क्रोज नेस्ट स्थित हिमालयन चार ग्रिल रेस्
टुरेन्टमा आयोजित सहयोग रात्री भोज कार्यक्रमा प्रसिद्द सगरमाथा आरोहि लिन्कोल हलका छोरा तथा हिमालयन फाउण्डेशनका राजदुत डिलन लिन्कोल असनेपालन्युजलाई बताउंछन् । ‘ यस्तै नेपाल जस्तो सुन्दर थियो हामी त्यस्तै सुन्दर देख्न चाहन्छौ ‘ नेपाल सहयोग रात्री भोजका आयोजक मध्येकि एक लुसि असबोन बताउंछिन्। सरल स्वभावका नेपाली , सुन्दर देश र विश्वकै सम्पदा मा चोट लाग्दा हामी सबै स्तब्ध छौं , हाम्रो मन मस्तिष्क घायल बनेको छ ‘भन्दै धेरैले आफ्नो दु:ख प्रकट गरेका थिए । हिमालयचार ग्रिल नेपाली रेस्टुरेन्ट मा सम्पन्न सो सहयोग कायक्रम बाट उ ठेको
रकम हिमालयन फाउण्डेशन मार्फत नेपाल पठाउने सहभागीहरूले जनाए । सो अवसरमा ६० भन्दा बढी नेपाल प्रेमी अस्ट्रेलियनहरूको सहभागीता थियो । नेपाल सबैको प्यारो भएकाले नै विश्वका सबै नागरिकहरू यतिवेला नेपाल प्रति सद्भाव देखाइ रहेका छ्न्। आफुले सकेको स्थान बाट सहयोग गर्न यस्तो कार्यकमको आयोजना गरिएको रेस्टुरेन्ट का संचालक योगि पुडासैनि बताउंछन्।
नेपालप्रेमि हरूले विभिन्न क्षेत्र बाट आ-आफ्नो तवरले नेपाललाई यतिवेला सम्झिरहेका छन्।










