कलाकारद्वारा भूकम्पपीडितका लागि रकम सङ्कलन

वैशाख २० ।काठमाडौँ,ललितकलाकर्मीहरुले भूकम्पपीडितको राहतका लागि रु ५५ हजार पाँच सय सङ्कलन गरेका छन । नेपाली ललितकलाकर्मीको हातेमालो अभियान, २०७२को आयोजनामा शनिबार भएको बृहत् कलाकार भेलाले भूकम्पपीडितको राहतका लागि रु ५५ हजार पाँच सय सङ्कलन गरेको हो ।

अभियानले ध्वस्त भएका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि सबै सचेत हुनुपर्ने बताउँदै सरकार र नागरिक समाजसँग त्यसको पहलका लागि आग्रह गरेको अभियानका संयोजक शान्तकुमार राईले बताउनुभयो । अभियानले भूकम्पबाट घाइते भएकाहरुका लागि आज रक्तदान पनि गर्दैछ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ राईको संयोजकत्वमा ५८ सदस्यीय अभियान गठन गरिएको हो ।

सम्बन्धित शिर्षकहरु