रमेश अधिकारी-
काठमाडौं, वैशाख १६ – सशस्त्रप्रहरीले काठमाडौँको गंगबुको एक गेस्ट हाउसमा च्यापिएर बसेका एक युवाको भूकम्पको ८४ घण्टापछी सकुशल उद्दार गरेको छ ।
काठमाडौं गंगवु स्थित वसपार्कको मित्रनगरमा रहेको सयपत्री गेष्ट हाउसबाट मंगलबार राती करीव सवा दश बजे सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले एक जनको जिवितै उद्धार गरेको हो ।
यसरी उद्धार गरिएका युवक २८ वर्षीय ऋषि खनाल हुन् । उनी ८४ घण्टासम्म एउटा कोठामा ३ वटा शवसँग च्यापिएर बिताएका थिए ।
७ तले भवनको दोस्रो तलामा रहेका खनाल भूकम्पले भवन भत्के पछी त्यहि च्यापिएका थिए ।खनाल जीवित भएको थाहा पाएपछि उनको उद्धार गर्न ५ घण्टा लागेको थियो । डाक्टरका अनुसार उनको खुट्टा भाँचिएको छ ।








