बैशाख १ ।काठमाडौ,आजखेखि नयाँ वर्ष वि.सं २०७२ साल सुरु भएको अवसरमा देशभर हर्ष उल्लासका साथ विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरू भइरहेका छन् । हरेको नयाँवर्षको सुरुवातमा सुख, शान्ति, समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन अनुसार सामाजिक सञ्जालदेखि सञ्चार माध्यम भेटघाटमा समेत शुभकामना आदान प्रदान भइरहेको छ ।
विभिन्न पर्यटकीयस्थलहरूमा चहलपहल बढिरहेको छ । देश विदेशमा रहेका नेपालीहरू सुख, शान्ति र समृद्धिको कामना गर्दै आपसमा भेटघाट र रमाइलो गरी नयाँ वर्ष मनाइरहेका छन् ।विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी योजना बनाउने, नयाँ नयाँ कामको थालनी गर्ने दिनका रूपमा नयाँ वर्ष मनाउने परम्परा छ । नयाँ वर्षको अवसर पारेर विभिन्न राजनीतिक दल, संघसङ्गठनहरुले आज औपचारिक एवम् अनौपचारिक कार्यक्रम गरेर शुभकामना आदानप्रदान गर्दैछन् । विक्रम संवतलाई आधार मानी प्रत्येक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । विसंलाई विक्रमादित्य राजाले चलाएको संवत् भन्ने किंवदन्ती छ ।







